सूर्योदय वोमी लघुवित्तको ५६ हजार कित्ता शेयर बिक्रीमा « Arthapath.com
१ श्रावण २०७९, आईतवार

सूर्योदय वोमी लघुवित्तको ५६ हजार कित्ता शेयर बिक्रीमा



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको ५६ हजार १४ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त संस्थापक शेयरमा इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मिति (साउन १ गते) ले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय बनेपा –१३ साँगा, काभ्रेपलाञ्चोकमा आफूले खरीद गर्ने शेयर कित्ता संख्याको व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्