एनएमबि बैंकका ग्राहकले अब बुद्घ र यती एयरबाट टिकट काट्दा क्यासब्याक पाउने « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

एनएमबि बैंकका ग्राहकले अब बुद्घ र यती एयरबाट टिकट काट्दा क्यासब्याक पाउने



काठमाडौं । चाडपर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी टिकट खरिद गर्दा क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन ।

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्नेछ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकहरुलाई दिँदै प्रस्तुत गर्दै आइरहेको छ ।

एनएमबि बैंकले देशभर २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्