सनराइज बैंकले बोर्डबाट पायो २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनको अनुमति « Arthapath.com
१० भाद्र २०७९, शुक्रबार

सनराइज बैंकले बोर्डबाट पायो २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासनको अनुमति



काठमाडौं । सनराइज बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सनराइज डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्