माछापुच्छ्रे बैंकका ग्राहकले टिभि तथा वर्ल्ड लिंक इन्टरनेटमा इजी इएमआई पाउने « Arthapath.com
२८ भाद्र २०७९, मंगलवार

माछापुच्छ्रे बैंकका ग्राहकले टिभि तथा वर्ल्ड लिंक इन्टरनेटमा इजी इएमआई पाउने



काठमाडौं । माछापुच्छ्रे  बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुले अब ईएमआई सुविधामा टि.भि तथा इन्टरनेट प्याकेज पाउने भएका छन् ।

माछापुच्छ्रे  बैंक, एनहआईटिभी स्ट्रीमज प्राइभेट लिमिटड र वोल्र्ड लिंक कम्यिुनिकेशन लिमिटेडबीच इन्टरनेट प्याकेज उपलब्ध गराउने विषयमा त्रिपक्षिय सहमति भएको छ ।

उक्त सहमतिपत्रमा एनआईटिभी स्ट्रीमज प्राईभेट र वर्ल्ड लिंक कम्यिुनिकेशनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी र केशव नेपाल तथा बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका हुन् ।

सहमति अनुसार बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इनष्टा पे सुविधा मार्फत टि.भि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज इएमआईमा लिन सकिने ब्यवस्था गरिएको छ ।

आउदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी एनआईटिभी र वोल्र्ड लिंकले संचालन गरेको फेस्टीभिटी अफरमा ग्राहकले करीव ५६ प्रतिशतसम्मको छुट पाउन सक्नेछन्।

बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको के्रडिट कार्ड तथा इनस्टा पे बाट उपभोग गर्न सक्नेछन् । बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्नेछन् ।

हाललाई यो सुविधा एनआईटिभी र वोल्र्ड लिंकको नेपालस्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराईनेछ । बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसंग व्यवसायिक सहमति गरि आफ्ना ग्राहकहरुलाई आर्कषक सुविधा प्रदान गर्दै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्