अब बैंकको ऋणमा भाखा नाघेको ३० दिनभित्र पनि जरिबाना नलाग्ने « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

अब बैंकको ऋणमा भाखा नाघेको ३० दिनभित्र पनि जरिबाना नलाग्ने



काठमाडौं । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणबापत साँवा र ब्याज तिरेमा अब भाखा नाघेको कर्जा ३० दिनभित्र तिरेमा जरिबाना नलाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो सहुलियत २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको सावाँ र ब्याजमा मात्र लागु हुने भएको छ ।

तर, कुनै ऋणीले छुट पाउने अवधिभित्र कर्जाको सावाँ÷ब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्त बमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा नहुने नेपाल राष्ट्र बैंकको नयाँ नियममा उल्लेख छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्