सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
२० असार २०८०, बुधबार

सांग्रिला डेभलपमेन्ट बैंकको ४० हजार कित्ता सेयर बिक्रीमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दुई जना संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार २ सय कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले शिव लाल भण्डारीको नाममा रहेको १२ हजार २ सय कित्ता र गोबर्धन ढकालको नाममा रहेको २८ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । कम्पनीले सेयर बिक्रीको लागि आवेदनदिए बमोजिम सञ्चालक समितिको बैठकले बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरि आजको मितिबाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति बित्ता सेयर खरिद गर्ने हो सो व्यहोरा खुलाई आवदन दिन सकिनेछ ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा उक्त सेयर प्रचलित काननु बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्