संचालक चयन गर्दै समृद्धि फाइनान्सको २१औँ बार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
१ माघ २०७९, आईतवार

संचालक चयन गर्दै समृद्धि फाइनान्सको २१औँ बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले २१ औँ बार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । सभा कम्पनीको प्रधान कार्यालय रहेको हेटांैडा, मकवानपुरको होटेल एभोकाडो “अर्किड रिसोर्ट” मा सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईकोे अध्यक्षतामा सम्पन्न गरेको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने, आ.व. २०७९÷८० लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरुमा छलफल भएको थियो ।

साथै, सञ्चालक समितिको लागि संस्थापक समुह तर्फबाट १ (एक) जना र सर्वसाधारण समुह तर्फबाट १ (एक) जना संचालकको निर्वाचन भएको हुँदा संस्थापक समुह बाट श्री सुदिप घिमिरे र सर्वसाधारण समुहबाट श्रीमति दुर्गा थापा निर्वाचित हुनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्