माघ महिनाका लागि गोर्खाज फाइनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति तोक्यो ? « Arthapath.com
१ माघ २०७९, आईतवार

माघ महिनाका लागि गोर्खाज फाइनान्सले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति तोक्यो ?



काठमाडौं । गोखार्ज फाइनान्स लिमिटेडले नयाँ ब्याजदर प्रकाशित गरेको छ । कम्पनीले माघ महिनामा लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार कम्पनीले मुद्दति निक्षेपमा १०.२५ प्रतिशतदेखि १३.३५ प्रतिशतसम्म कायम गरेको छ । कम्पनीका अनुसार व्यक्तिगत तर्फ १२.१० प्रतिशत देखि १३ प्रतिशतसम्म ब्याजदर तोकेको छ । रेमिट तर्फ भने १४ प्रतिशतसम्म निर्धारण गरेको छ ।

कम्पनीले संस्थागत मुद्दति निक्षेपमा भने १०.१० प्रतिशतदेखि ११ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। यसमा ३, ६, ९, १–२ वर्षे, २–३ वर्षे र ३ वर्षदेखि माथिको अवधिमा रहेको छ । बचत तर्फ भने ८ प्रतिशतदेखि १४ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

कर्जा तर्फ भने कम्पनीले प्रियिममा ७ प्रतिशत जोडिने जनाएको छ। यसमा कम्पनीको आधार दर पनि थप हुने छ । कम्पनीको आधार दर भने १२.७१ प्रतिशत रहेको छ ।

अन्य कुनमा कति ?


प्रतिक्रिया दिनुहोस्