एक कम्पनीले पठायो सेयरधनीको खातामा लाभांश, तपाईकोमा आयो ? छैन् भने यसो गर्नुहोस् ! « Arthapath.com
६ माघ २०७९, शुक्रबार

एक कम्पनीले पठायो सेयरधनीको खातामा लाभांश, तपाईकोमा आयो ? छैन् भने यसो गर्नुहोस् !



काठमाडौं । आइसीएफसी फाइनान्सले लाभांश पठाउन सुरु गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो ।

फाइनान्सले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई (पुस २९) गते देखि ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गर्न सुरु गरेको जनाएको छ । यता, हालसम्म सेयर अभौतिकीकरण नगराएका सेयरधनीले भने डिम्याट खाता खोलेर सेयर अभौतिकीकरण गर्न तथा बैंक खाता र प्यान नम्बर पनि अद्यावधिक गर्न भनेको छ ।

कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीलाई कर सहित ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्