बेष्ट फाइनान्सको लिलामी सेयरमा आवेदन दिने भोलि अन्तिम दिन « Arthapath.com
१४ फाल्गुन २०७९, आईतवार

बेष्ट फाइनान्सको लिलामी सेयरमा आवेदन दिने भोलि अन्तिम दिन



काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामी सेयरमा आवेदन दिने भोलि (फागुन १५ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासनमा विक्री नभएको सेयर फागुन १ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी संस्थाहरूले फागुन १५ गते बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले संस्थापकतर्फको ५ लाख ५६ हजार ६७४.५७ कित्ता र सर्वसाधारतर्फको ५८ हजार ४२९.९० कित्ता गरी कुल ६ लाख १५ हजार १०४ दशमलव ४७ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित रहेको छ ।

न्यूनतम १००० कित्ता र सर्वसाधारण शेयरको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्