समृद्धि फाइनान्सको इटहरी र जनकपुर शाखाद्धारा रक्तदान « Arthapath.com
१८ फाल्गुन २०७९, बिहीबार

समृद्धि फाइनान्सको इटहरी र जनकपुर शाखाद्धारा रक्तदान



काठमाडौं । फागुन १८ गते समृद्धि फाइनान्सले शाखा कार्यालय जनकपुर र इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान जिवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम जनकपुर र इटहरी शाखामा सम्मन्न भएको हो । आजबाट सुरु गरिएको रक्तदान कार्यक्रम विभिन्न मितिहरुमा बाँकि शाखाबाट पनि आयोजना गर्ने तालिका रहेको संस्थाका संचालन विभाग प्रमुख चुडामणी खनालले जानकारी दिएका छन् ।

फाइनान्सले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्