समृद्धि फाइनान्सले गर्यो तीन शाखा मार्फत रक्तदान कार्यक्रम « Arthapath.com
१९ फाल्गुन २०७९, शुक्रबार

समृद्धि फाइनान्सले गर्यो तीन शाखा मार्फत रक्तदान कार्यक्रम



काठमाडौं । फागुन १९ गते समृद्धि फाइनान्सले तिन शाखा कार्यालयमा आज रक्तदान कार्यक्रम गरेको छ ।

रक्तदान जिवन दान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रम पोखरा र बनेपा शाखमा र पुतलीसडक शाखाको शंकरदेव क्याम्पस अगाडी भएको छ ।

हिजोबाट सुरु गरिएको कार्यक्रम फाल्गुण २६ गते हेटौंडा,२७ गते चितवन र २८ गते बुटवल शाखाबाट आयोजना गर्ने कम्पनीले जानाकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल आठ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्