प्रोग्रेसिभ फाइनान्सको झण्डै साढे ३ लाख कित्ता सेयर बिक्रीमा « Arthapath.com
२६ चैत्र २०७९, आईतवार

प्रोग्रेसिभ फाइनान्सको झण्डै साढे ३ लाख कित्ता सेयर बिक्रीमा



काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख ४१ हजार ६४७ कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीका संस्थपक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत २६ गते) ले ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय तिनकुने, काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई आवेदन खुल्ला गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्