बेष्ट फाइनान्सका ७ जना संस्थापकले सेयर बिक्री गर्दै, कसले कति कित्ता ? « Arthapath.com
२७ चैत्र २०७९, सोमबार

बेष्ट फाइनान्सका ७ जना संस्थापकले सेयर बिक्री गर्दै, कसले कति कित्ता ?



काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ७ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ५४ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका संस्थापक दुर्गा बोहराको नाममा रहेको ८८ हजार ७१ कित्ता, रामकृष्ण न्यौपानेको ५२ हजार १५२ कित्ता, ज्ञानेश्वर वाडे श्रेष्ठ ७ हजार ३७० कित्ता करुणा थापाको २ हजार चन्द्र कुमार श्रेष्ठको १ हजार, मन बहादुर राईको १ हजार र सुभद्रा त्रिपाठीको ४ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।

सो संस्थापक सेयर खरिदका लागि कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिन भित्र फाइनान्सको प्रधान कार्यालय कमलादीमा पेश गर्न सक्नेछन् ।

तोकिएको सो समयावधिमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्