समृद्धि फाइनान्सको उत्कृष्ट व्याजदर « Arthapath.com
४ आश्विन २०८०, बिहीबार

समृद्धि फाइनान्सको उत्कृष्ट व्याजदर



काठमाडौं । बचतकर्ताको बचत गर्ने बानी लाई प्रोत्साहन गर्ने उद्देश्यले समृद्धि फाइनान्स कम्पनि लिमिटेडले हालको समय सापेक्षलाई मध्यनजर गर्दै समृद्धि बचत धमाकाको योजना अघि ल्याएको छ ।

उक्त योजना अन्र्तगत ग्राहकहरुले समृद्धि फाइनान्सको धमाका योजनामा आफ्नो बचतलाई ७५ महिना २० दिनमा दोबर, ११९ महिना २८ दिनमा तीन गुणा, १७५ महिना २१ दिनमा पाँच गुणा र २२७ महिनामा आठ गुणा सम्म बढाउन सक्ने छन् । साथै रेमिट्यान्स् बचत धमाका योजना अन्तर्गत बचत कर्ताले आफ्नो बचतलाई ६९ महिना २३ दिनमा दोबर, ११० महिना १७ दिनमा तीन गुणा, १६१ महिना २९ दिनमा पाँच गुणा र २०९ महिना ८ दिनमा आठ गुणा सम्मको उच्चतम प्रतिफल पाउन सक्नेछन् ।

त्यस्तै समृद्धि फाइनान्सले बचत तथा मुद्दती खातामा पनि उच्चतम ब्याजदर दिइरहेको छ । बचतमा १० प्रतिशत सम्म र मुद्दतीमा ११.७५ प्रतिशत सम्म ब्याजदर प्रदान गरिरहेको छ । संस्थाले निक्षेपकर्तालाई प्रोत्साहन होस भनेर अधिकतम व्याजको योजना अघि सारेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्