मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
८ पुष २०८०, आईतवार

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि पुष ११ गते बुकक्लोज गर्ने भएको हुँदा आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५.२६३ प्रतिशतका दरले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले १६औं वार्षिक साधारण बोलाएको पुष २६ गतेका लागि बोलाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७९।८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्