अभियान लघुवित्तले बोर्डबाट पायो आईपीओ निष्कासन अनुमति « Arthapath.com
२७ असार २०७९, सोमबार

अभियान लघुवित्तले बोर्डबाट पायो आईपीओ निष्कासन अनुमति



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार ४ गते शुक्रबार वित्तीय सस्थालाई आईपीओ निष्कासन अनुमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै लघुवित्तले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्