नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज बस्दैं, यस्ता छन् एजेण्डा « Arthapath.com
३१ असार २०७९, शुक्रबार

नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज बस्दैं, यस्ता छन् एजेण्डा



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो बार्षिक साधारण सभा आज (असार ३१ गते) बस्दै छ । सभा संस्थाको केन्द्रिय कार्यालय कुश्मा पर्वतमा दिउँसो १ बजे बस्ने गरी बोलाएको हो ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धीत अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

साथै, स्वतन्त्र संचालकको नियुक्ति गर्ने र संचालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले असार २३ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरेको हुदाँ असार २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्