ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरि दंगाल, संचालकमा को–को ? « Arthapath.com
२५ आश्विन २०७९, मंगलवार

ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरि दंगाल, संचालकमा को–को ?



काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा शिवहरि दंगाल चयन भएका छन् ।

कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको २०८औं बैठकले दंगाललाई अध्यक्ष पदमा चयन गरेको हो । दंगाल २०७८ भदौ ५ गतेदेखि कम्पनीको संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

दंगालको अध्यक्षतामा कम्पनीमा ५ सदस्यीय सञ्चालक समिति चयन भएको छ । कम्पनीको सञ्चालकहरूमा भने धनबहादुर बरुवाल, रञ्जना पण्डित पौडेल, लेखनाथ भुसाल, मनोजकुमार खड्का र भरतराज कोइराला रहेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्