खस्कियो नेशनल माईक्रोफाइनान्स लघुवित्तको नाफा, मुख्य सूचकहरु नै ओरालो « Arthapath.com
२७ माघ २०७९, शुक्रबार

खस्कियो नेशनल माईक्रोफाइनान्स लघुवित्तको नाफा, मुख्य सूचकहरु नै ओरालो



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अधिकांश वित्तीय नाफामा गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ८ करोड ४४ लाख रुपैयाँ बढीले घटेको छ ।

चालु आवको ६ महिनामा १६ करोड १६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । तर, गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने यो ३४.३१ प्रतिशतले कमी हो । गत वर्षको सो अवधिमा कम्पनीले २४ करोड ६१ लाख ४ हजार रुपैयाँ नाफा गरेको थियो ।

खुद ब्याज आम्दान, संचालन नाफामा गिरावट आएपछि नाफा प्रभावित भएको छ । सो अवधिमा कम्पनीको खुद ब्याजज आम्दानी पनि २७.२५ प्रतिशतले घटेर ३२ करोड ३० लाख २७ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो आम्दानी ४४ करोड ४० लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

सो अवधिमा कम्पनीको संचालन आम्दानी ४५ करोड ६६ लाख ४५ हजार रुपैयाँ रहेको छ । यो वर्षको सोही अवधिको तुलनामा भने १६.८६ प्रतिशतले कमी हो ।

यस्तै, कम्पनीको संचालन नाफा पनि ३४.३१ प्रतिशतले घटेर २३ करोड ९ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा भने १२ करोड ६० लाख ९२ हजार रुपैयाँ देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ४० करोड ६४ लाख रुपैयाँ राखेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने जगेडा कोष १०.२४ प्रतिशतले कमी हो ।

सो अवधिमा कम्पनीले ३ अर्ब २४ करोड ६३ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ११ अर्ब २५ करोड ४३ लाख ९७ हजार कर्जा प्रवाह गरेको छ । गत वर्षको पुस मसान्तमा २.९५ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा बढेर २.९७ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानीमा पनि २८ रुपैयाँ १ पैसाको गिरावट देखिएको छ । गत वर्षको पुस मसान्तसम्ममा ८३ रुपैयाँ ६७ पैसा रहेकोमा यस वर्षको सोही अवधिमा भने घटेर ५५ रुपैयाँ ६७ पैसा कायम भएको छ । सो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २६२ रुपैयाँ ४३ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्