नयाँ सारथी लघुवित्तको मुनाफा २ करोडमा खुम्चियो, अन्य सूचक समेत ओराला « Arthapath.com
२९ माघ २०७९, आईतवार

नयाँ सारथी लघुवित्तको मुनाफा २ करोडमा खुम्चियो, अन्य सूचक समेत ओराला



काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दास्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनिको खुद नाफा घटेको छ । कम्पनिको सो अवधिमा खुद नाफा ५७.५७ प्रतिशतले घटेर २ करोड १४ लाख ६ हजारमा सिमित भएको छ । गत वर्ष यस कम्पनिले ५ करोड ४५ लाख ८ हजार रुपैयाँँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा घट्दा यसको खुद मुनाफामा प्रभाव परेको हो । पुस मसान्तसम्मको अवधिमा कम्पनिको खुद ब्याज आम्दानी २१.६० प्रतिशतले घटेको १० करोड ९४ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमाा १३ करोड ९५ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै सञ्चालन नाफा पनि ५७.५७ प्रतिशतले घटेर ३ करोड ५ लाख ८० हजार रुपैयामाँ सीमित भएको छ । गत आर्थिक वर्षको सोेहि अवधिमा कम्पनीको ७ कारोड २० लाख ८२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजि ३० करोड ३३ लाख ९५ हजार रुपैयाँ, जगेडा कोषमा ९ करोड ५२ लाख ८८ हजार रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्