आरम्भ चौतारी लघुवित्तको मुनाफा साढे २५ लाख, वितरणयोग्य नाफा र इपिएस कति ? « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

आरम्भ चौतारी लघुवित्तको मुनाफा साढे २५ लाख, वितरणयोग्य नाफा र इपिएस कति ?



काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको मुनाफा २५ लाख ४४ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ११.३० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २८ लाख ६८ हजार रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.०३ प्रतिशतले बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ६ करोड ४९ लाख ९ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको यस्तो आम्दानी ६ करोड १२ लाख १८ हजार रुपैयाँमा सिमित थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३९ लाख २९हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिसम्म आइपुग्दा उक्त नाफा ७.५१ प्रतिशतले घटेर ३६ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ३४ लाख ८० हजार रुपैयाँ, चुक्तापूँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ, जगेडा कोष १७ करोड ४१ लाख रुपैयाँ खराब कर्जा ५.४९ प्रतिशत रहेको छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ६८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्