निर्धन उत्थान १४ करोड ३० लाख नोक्सानमा, वितरणयोग्य नाफा र इपिएस समेत ऋणात्मक « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

निर्धन उत्थान १४ करोड ३० लाख नोक्सानमा, वितरणयोग्य नाफा र इपिएस समेत ऋणात्मक



काठमाडौँ । निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको अधिकांश सूचक ओरालो लागेको छ ।

असोज मसान्तसम्मको अवधिमा कम्पनी १४ करोड ३० लाख १० हजार रुपैयाँ नोक्सानमा देखिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३ करोड २५ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले घटेर ४३ करोड ७९ हजार रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ४८ करोड ७६ हजार रुपैयाँ रहेको थियो ।

सो अवधिमा कम्पनीको संचालन नाफा समेत नोक्सानमा रहेको छ । कम्पनी १४ करोड ३३ लाख संचालन नाफा नोक्सानमा रहेको छ ।

समिक्षा अवधिका कम्पनीको वितरणयोग्य नाफा ९ करोड ३३ लाख ८५ हजार रुपैयाँ नोक्सानमा, चुक्तापूँजी २ अर्ब ६१ करोड २० लाख रुपैयाँ, जगेडा कोष १ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ र खराब कर्जा ५.२१ प्रतिशतले बढेर १२.३५ प्रतिशत रहेको छ ।

यअिवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.९० रुपैयाँ नौक्सानमा र प्रतिसेयर नेटवर्थ १६६.६७ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्