जाल्पा सामुदायिक लघुवित्तको नाफा र एपिएस ऋणात्मक, अधिकांश सूचक खस्किए « Arthapath.com
२३ कार्तिक २०८०, बिहीबार

जाल्पा सामुदायिक लघुवित्तको नाफा र एपिएस ऋणात्मक, अधिकांश सूचक खस्किए



काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी १ करोड ६४ लाख ६१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी १० लाख ३० हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

असोज मसान्तसम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३७.९७ प्रतिशतले घटेर ५ करोड ८६ लाख २१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ९ करोड ४५ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको संचालन नाफा समेत ऋणत्मक रहेको छ । कम्पनीको संचालन नाफा १ करोड ६४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा ३ करोड २४ लाख ४१ हजार रुपैयाँ, जगेडा कोष १४.२५ प्रतिशतले बढेर १८ करोड २८ लाख रुपैयाँ, जगेडा कोष ३१ करोड ३५ लाख रुपैयाँ र खराब कर्जा ३.९३ प्रतिशतले बढेर ७.५४ प्रतिशत रहेको छ ।

यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ २ पैसा नोक्सानमा र प्रतिसेयर नेटवर्थ २८९ रुपैयाँ २६ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्