राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र जारी गर्ने « Arthapath.com
१७ श्रावण २०८०, बुधबार

राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बरावरको विकास ऋणपत्र जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८६ ‘छ’ जारी गर्ने भएको छ । साउन १९ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो ।

ऋणपत्र भोलि साउन १८ गते (बिहीबार) बोलकबोल मार्फत बिक्री गरिनेछ । ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।

यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलमार्फत हुनेछ ।


प्रतिक्रिया दिनुहोस्