कर्मचारी संचय कोषले हिमालयन बैंकको साझेदार हबिबको ११ प्रतिसतसम्म सेयर किन्न सक्छ : अध्यक्ष गौतम « Arthapath.com
४ आश्विन २०७७, आईतवार

कर्मचारी संचय कोषले हिमालयन बैंकको साझेदार हबिबको ११ प्रतिसतसम्म सेयर किन्न सक्छ : अध्यक्ष गौतम



काठमाडौं । हिमालयन बैंकका अध्यक्ष तुलसी प्रसाद गौतमले कर्मचारी सञ्चय कोषले बढीमा ११ प्रतिसतसम्म सेयर किन्न सक्ने बताएका छन । अहिले हिमालयन बैंकमा कर्मचारी संचय कोषको १४ प्रतिसत सेयर रहेकाले बढीमा ११ प्रतिसतसम्म सेयर किन्न सक्ने बताएका छन ।

अहिले हिमालयन बैंकमा साझेदर हबिब बैंकको २० प्रतिसत लगानी रहेको छ । हबिब बैंकले आफ्नो सेयर सिडिसी बैंकलाई बेच्न प्रश्ताव गरेको थियो । सिडिसीले नेपालमा लगानी गर्न अनिच्छुक रहेको संकेत गरिसकेको छ ।

सिडिसी नआउने पक्का भएपछि सो सेयर हिमालयन बैंकका लगानीकर्ता मनोजबहादुर श्रेष्ठ र संचय कोषले किन्ने प्रश्ताव गरेको छ । कोषको अहिले हिमालयन बैंकमा १४ प्रतिसत लगानी रहेकाले ऐनले २५ प्रतिशतभन्दा बढि लगानी गर्न पाउँदैन । ‘हबिबले सेयर बेच्ने भए संचय कोषलाई मात्र बेच्ने कुरा हुँदैन अरुलाइ पनि बेच्न सक्छ ।’ अरु १० प्रतिशत कसले किन्छ त्यहाँ धेरै पार्टनरहरु छन् । पहिलो च्वाईस त्यहाँ भएका ईक्यूटी होल्डरहरुछन् उहाँहरुमा जाने हो ।’ अध्यक्ष गौतमले भने । ‘हिमालयनका सबै मेजर लगानीकर्ताले अनुपातको रुपमा सेयर मिलाउने हो । कसले कति लिने भन्ने कुरा आयो भने हामी बढिमा १०÷११ प्रतिशत लिन सक्छौं गौतमले भने ।’

कोषको सबैभन्दा बढी रिर्टन हिमालयन बैंकबाट

गौतम कर्मचारी संचय कोषका प्रशासक समेत हुन । उनले कोषले लगानी गरेकोमा सबैभन्दा बढी रिर्टन हिमालयन बैंकबाट आएको बताए । हिमालयन बैंकमा कोषको जुन लगानी सबैभन्दा राम्रो रिटर्न आएको छ । हिमालयन बैंकबाट निरन्तर रुपमा गएको २५ बर्षमा सरदर बार्षिक ३२ प्रतिशत रिटर्न आएको गौतमले बताए । उनले घुमाउरो पाराले सिसिडीले सेयर बेचेमा १० प्रतिसत थप्न सकिने बताए । कोषले जहाँ राम्रो रिर्टन हुन्छ त्यही लगानी गर्ने हो । त्यसैले सो बैंकमा जस्तो राम्रो रिर्टन कोषको अन्त छैन ।

यस कारण किनियो सिभिलको सेयर

कोषका प्रशासक गौतमले सिभिल बैंकमा कोषको लगानी गर्नुमा सेयर सस्तो पाएको बताए । ‘१० वर्ष चलेको संस्थाको सेयर हामीले आज पनि १०० मा पाएर किनेका हौं’ गौतमले भने । ‘एकदम रिजनेवल प्राइसमा पाएको हुनाले किनेको हो । सिभिलको ठूलो सेयर होल्डर हामी पनि हौंै ।’ उनले भने सिभिललाई व्यवस्थापन गर्ने, सुधार गर्नुपर्ने, कहिँ कुनै राम्रो बैंकसंग मर्ज गर्ने हिसावले पनि हामी अफर गर्न लागेका छौँ । भोली हाम्रो लगानीले राम्रो प्रतिफल देला भन्ने लाग्छ ।


प्रतिक्रिया दिनुहोस्