इन्भेष्टमेन्ट र हिमालयन बैंकको बिग मर्जर: अर्को साता इन्गेजमेन्टको तयारी, लगनगाँठो कहिले ? « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

इन्भेष्टमेन्ट र हिमालयन बैंकको बिग मर्जर: अर्को साता इन्गेजमेन्टको तयारी, लगनगाँठो कहिले ?



उषा रेग्मी

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा ५० अर्वको बैंक बनाउने अभियानका साथ मर्जरको तयारीमा लागेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक अर्को साता इन्गेजमेन्टको तयारी भएको छ । यो बैसाख महिना हो र कोरोनाको माहामारीका विच पनि बिवाह भईरहेका छन् । । त्यसैले यी दुई बैंकको इन्गेजमेन्ट पनि बैसाखमै भइसक्ने जनाइएको छ ।

देशको सबैभन्दा ठुलो बैंक बनाउने अभियानका साथ साँडे २ दशक नाघेको हिमालयन बैंक र साँढे ३ दशक नाघेको नेपाल इन्भेष्टमेन्ट बैंकको विग मर्जरको अभियानमा अघि बढिरहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको आगामी २ सातामा मर्जरको टुङ्गो लाग्ने जनाइएको छ ।

यो साता दुबै बैंकको संचालक समितिमा मर्जरबारे छलफल हुनेछ । गत बिहीबार संयुक्त मर्जर कमिटिमा मर्जरमा जाने विषयमा घनिभुत छलफल भएको छ । दुई बैंकका संचालक समितिको बैठक यसैसाता बोलाउने र अर्को साता एमओयू गर्ने तयारी भएको हो ।

‘हामी यसैसाता मर्जरबारे बाँकी रहेका काम टुङ्गो लगाएर अर्को साता एमओयूको तयारीमा छौं ।’ इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले अर्थपथसंग भने । ‘ठुलो बैंक बनाएर ठुलै काम गर्ने सोचका साथ अघि बढेका छौं’ अध्यक्ष पाँडेले भने ।

राष्ट्र बैंक लगायत अन्य स्टेक होल्डर्सहरुको पनि चासोका साथ हेरिएको दुई ठुला बैंकको मर्जरमा लगभग कुरा मिलिसकेको बताइएको छ । हिमालयन बैंकमा हबिब बैंक पाकिस्थानको लगानी रहेको छ । विदेशी ज्वाइनभेञ्चर बैंक भएकाले हिमालयनमा निर्णय प्रक्रिया केही ढिलाइ भइरहेको छ ।

कुनै भवितव्य परेन भने यी दुई बैंकको मर्जर आगामी ६ महिनाभित्रै भइसक्नेछ ।

नाम, संचालक समिति र सीईओमा सहमती

मर्ज पनि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक राख्ने प्रारम्भिक प्रश्ताव आएको छ । नाम लामो हुने भन्दै छोट्याउन पनि दवाव बढेको स्रोतले बताएको छ । उता बैंक संचालक समितिको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष रहेका पृथ्वी बहादुर पाँडेनै रहनेछन ।

उता हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणालाई सीईओमा निरन्तरता दिने सहमती भएको छ । मर्जरकै विचमा दुई सीईओ राख्ने बारेमा छलफल भएको थियो ।

एउटा सीईओ अर्को सिनियर सीईओको प्रश्ताव लिएर दुबै बैंकका मर्जर कमिटि राष्ट्र बैंकसंग परामर्ष गर्न गएका थिए । राष्ट्र बैंकले कानुनमै नभएको दुई सीईओ संभव नहुने भन्दै फिर्ता पठाइ दिएको छ । यदी राष्ट्र बैंकले मानेमा ज्योती पाण्डे सीईओ र अशोक राणा सिनियर सीईओ राख्ने तयारी थियो ।

यस्तो छ वित्तिय अवस्था

नेपाल इन्भेष्टमेन्ट बैंकले पछिल्लो नौ महिनामा २ अर्ब ८५ करोड र हिमालयन बैंकले १ अर्ब २९ करोड खुद मुनाफा आर्जन गरेको छ । हिमालयन बैंकको ब्यालेन्स सिटको आकार १ खर्ब ७२ अर्ब र नेपाल इन्भेष्टमेन्टको ब्यालेन्स सिटको आकार २ खर्ब १६ अर्बको रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रहेको छ भने हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड रहेको छ । र इन्भेष्टमेन्ट पुँजीकोष ३० अर्ब माथि छ भने हिमालयनको १८ अर्ब ३५ करोड छ । दुई बैंकको मर्जरपछि पुँजीकोष ४९ अर्ब पुग्नेछ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६६ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ५६ अर्ब कर्जा लगानी गरेको छ । हिमालयन बैंकले १ खर्ब ३२ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २२ अर्ब कर्जा लगानी गरेको छ । मर्ज पछि बैंकको कुल निक्षेप करिब ३ खर्ब र कर्जा लगानी २ खर्ब ८० अर्ब पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्