सरकारले निषेधाज्ञ कडाई गरेपछि बीमा समितिमा पासको लाइन, एउटा कम्पनीले उपत्यकामा १५ ओटा पास पाउने « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

सरकारले निषेधाज्ञ कडाई गरेपछि बीमा समितिमा पासको लाइन, एउटा कम्पनीले उपत्यकामा १५ ओटा पास पाउने



काठमाडौं । स्थानिय प्रशासन कार्यालयले उपत्यकामा निषेधाज्ञ कडाई गरेपछि बीमा समितिले सबै इन्स्योरेन्स कम्पनीलाई पास वितरण गरेको छ । बुधबारदेखी सबै कम्पनीलाई सवारी पासको व्यास्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई शाखामा २५ प्रतिसत र केन्द्रीय कार्यालयमा २० प्रतिसत कार्मचारीबाट मात्रै सेवा दिनु भनिरहेको बेला बीमा समितिले पनि सवारी पासको व्यवस्था गरेको हो ।

‘बुधबार साँझ बीमा समितिमा पासको लाइन लागेको छ । एक इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अर्थपथसँग भने ।’ भोलीदेखी बिना पासको सवारी गुडाउन नपाइने भएपछि बीमा समितिले पनि नेपाल रि–इन्स्योरेन्ससहित ४० ओटै कम्पनीलाई पासको व्यावस्था गरेको गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

अहिले बीमा समितिमा पास लिने बीमा कम्पनीका कर्मचारीको लाइन रहेको छ । बीमा समितिले सबै बीमा कम्पनीलाई १५ ओटाको दरले पास दिने व्यवस्था गरेको कार्यकारी निर्देशक पौडेलले बताए । बीमा कम्पनीलाई १५ ओटाको दरले पासको व्यवस्था भएको नेपाल इन्स्योरेन्स कम्पनीका सीईओ विजय बहादुर शाहले बताए ।

अव उपत्यका भित्रका इन्स्योरेन्सका कर्मचारीले बीना पास अफिस आवत/जावत गर्न पाउने छैनन् । निषेधाज्ञाको समयमा पनि राजधानीका विभिन्न चोकहरुमा सवारी जाम हुन थालेपछि स्थानिय प्रशासनले बैंक तथा बीमा क्षेत्रका कर्मचारी आवत जावतमा पनि कडाइ गरेको हो ।

अर्थ मन्त्रालयले पनि नेपाल राष्ट्र बैंक र बीमा समितिलाई संबधोन गर्दै स्वास्थ्य सुरक्षको मापदण्ड अपनाई कम भन्दा कम कर्मचारीबाट सेवा संचालन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्