एनबि बैंकलाई प्राप्ति गरेको नबिल बैंकले अब कति देला त लाभांश ? यस्तो छ ११ वर्षको इतिहाँस « Arthapath.com
२६ भाद्र २०७९, आईतवार

एनबि बैंकलाई प्राप्ति गरेको नबिल बैंकले अब कति देला त लाभांश ? यस्तो छ ११ वर्षको इतिहाँस



काठमाडौं । नबिल बैंक ठुलो र अब्बल कहलिएको बैंकको रुपमा स्थापित भएको छ । संचालनमा रहेका मध्ये नबिल बैंकले आफ्ना सेयरधनीहरुलाई आकर्षित लाभांश प्रदान गर्दै आएको छ ।

नेपाल बंगलदेश बैंकलाई प्राप्ति गरेपछि नबिल अझै बलियो बनेको छ । यति बेला बैंकले सेयरधनीहरुलाई कति लाभांश दिन सक्छ त ? भन्ने धेरै लगानीकर्तामा चासोको विषय बनेको छ । अब गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट बैंकले कति लाभांश दिन सक्छ त भन्ने लगानीकर्ताको उत्सुकता मेटाउन बैंकको लाभांश क्षमता र विगतमा प्रदान गरेको लाभांश इतिहाँसको बारेमा चर्चा गरेका छौं ।

गत आवको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ । गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ३ अर्ब ३७ करोड १४ लाख २२ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । यसकै आधारमा बैंकले उक्त लाभांश दिन सक्नेछ ।

नेपाल बंगलादेश बैकलाई प्राप्ति गरेको नबिल बैंकले गत आवमा ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ९.८३ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको विगत ११ वर्षको इतिहाँस हेर्ने हो भने ६५ प्रतिशतसम्म लाभांश दिएको छ । बैंकले दुई आर्थिक वर्षमा ६५/६५ प्रतिशत लाभांश वितरण गरेको हो । बैंकले आव २०६९/७० मा बोनस २५ र नगद ४० प्रतिशत दिएको थियो भने आव २०७०/७१ मा बोनस २० र नगद ४५ प्रतिशत दिएको थियो ।

आव २०६७/६८ मा नगद मात्रै ३० प्रतिशत दिएको बैंकले आव २०६८/६९ मा भने २० प्रतिशत बोनस र ४० प्रतिशत नगद गरि कुल ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले आव २०७१/७२ मा २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद लाभांश, आव २०७२/७३ मा ३० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, आव २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत आव २०७४/७५ मा १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यसैगरि आव २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत, आव २०७६/७७ मा ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरि कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको छ ।

बैंकले आव २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

गत आवमा करिब ५ अर्ब नाफा गरेको बैंकले ९ अर्ब ४३ करोड १९ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको यो आम्दानी अघिल्लो वर्षको चौंथो त्रैमासको तुलनामा भने १६.७९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ७ करोड ५८ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा बैंकको संचालन मुनाफा पनि १३.९८ प्रतिशतले वृद्धि भई ७ अर्ब ९ करोड ६३ लाख ४२ हजार रुपैयाँ पुगेको छ । बैंकको रिजर्भमा अब २६ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । जसमा ४० प्रतिशत नेपाल बंगलादेश बैंकको समेत जोडिएको छ ।

उक्त अवधिमा बैंकको खराब कर्जा पनि झिनो घटेर १.५४ प्रतिशतमा झरेको छ । गत आवमा बैंकको प्रतिसेयर आम्दानी भने १० रुपैयाँ ९२ पैसाले घटेर २१ रुपैयाँ ७८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने २३० रुपैयाँ ३७ पैसा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्