सरकारले थाल्यो अर्को लोकोप्रिय काम, ७ अर्व लागतमा २ वर्षभित्र विद्युतीय तार भुमीगत बन्दै « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

सरकारले थाल्यो अर्को लोकोप्रिय काम, ७ अर्व लागतमा २ वर्षभित्र विद्युतीय तार भुमीगत बन्दै



१ बर्षभित्रै स्मार्ट मीटर जडान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ आएपछि विद्युत क्षेत्रमा उल्लेख्य काम भएका छन । उनले लोडसेटिङ मुक्त गराए । उनको सक्रियताले कुरुप बन्दै गएको शहर ब्यवस्थित बन्ने भएको छ । बजारमा यत्रतत्र छरिएर रहेका विजुलीका तारहरु अव देख्न पाइने छैनन् । त्यसको लागि जमीन मुनीबाट विद्युतीय तार विस्तारित गरिने भएको छ ।

विजुलीका तारहरुको व्यवस्थापन हुन नसक्दा बजार कुरुप बन्दै गएको छ । पछिल्लो समयमा विभिन्न तारहरुले मात्रै नभएर अन्य सञ्चार तथा केवलका लाईनहरुको विस्तारले गर्दा पनि एउटै पोलमा गञ्जोगोल देखिने गरेको छ । अव्यवस्थि रुपमा विस्तार गरिएका तारहरुले आवत जावत गर्ने सर्बसाधारण देखी ठूलठूला सवारी साधनलाई समेत प्रभाव पार्ने गरेको छ ।

अव्यवस्थि रुपमा विस्तारित तारहरुको सहि व्यवस्थापन नहुँदा बजारको सुन्दरता नै हराउन थालेका वेला प्रधानमन्त्रीको मार्ग निर्देशनमा काठमाडौं उपत्यकाको विद्युत प्रणालीलाई भूमिगत गरिने भएको छ । विजुलीका तारहरुलाई जमीन मुनीबाट लगिने भएको छ । शुरुवातको चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रबाट सुदृढीकरणको थालनी भएको छ ।

बजारमा हिड्दा खेरी पनि टाउकोमा तारहरु लाग्ने गरेका छन । यसरी खुला तारबाट करेन्ट लाग्ने जोखीम पनि बढेको छ । विद्युत चोरी पनि खुला तारहरुबाट हुने गरेकोमा भूमिगत प्रणालीले विद्युत विस्तारमा नया युगको शुरुवात भएको दावी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरे ।

नेपाल प्रहरीको तालीम केन्द्रमा आयोजित ‘काठमाडौँ उपत्यका विद्युत वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको शुभारम्भ’ प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

एशियाली बिकास बैंकको सहुलियतपुर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा सन २०२१ अक्टोवरमा सक्ने लक्ष्यका साथ भूमिगत विद्युतीय तार प्रणाली विस्तारको शुरुवात गरिएको हो । भूमिगत प्रणाली कार्य गर्दा कसैलाई पनि प्रभाव नपर्ने गरि काम अगाडी बढाईने छ । सडकमा हिड्ने यात्रुलाई समेत कुनै असर नपर्ने, विग्रीएको सडकलाई १० दिनमा बनाई दिने गरि कामको थालनि भएको छ । अझ भूमिगत विद्युत प्रणालीको कार्य गर्दा जनतालाई सास्ति नहोस भनेर रातिको समयमा काम गरिने छ ।

करिव ७ अर्व बराबरको लगानी रहेको उक्त प्रणालीलाई केइ ईण्डष्ट्रीज लिमिटेडसंग सन २०१९ मार्चमा सम्झौता भएको हो । उक्त कम्पनिले महाराजगंज वितरण केन्द्र अन्तर्गत बालुवाटार, बुढानिलकण्ठ, टोखा, गोंगबू, महाराजगंज लगायतका क्षेत्रमा २ सय ५० किलोमीटर क्षेत्रमा ११ हजार भोल्टेज, ४ सय किलोमीटर क्षेत्रमा ४ सय भोल्टेज र करिव २ सय ५० किलोमीट क्षेत्रमा अरिप्टकल फाईवर भूमिगत गरिने भएको छ ।

त्यस्तै रत्नपार्क वितरण केन्द्र अन्तर्गत रत्नपार्क, न्यूरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, ंिसहदरबार, लाजिम्पाट, एयरपोर्ट, चाबहिल र जोरपाटी क्ष्लगायतका क्षेत्रमा २ सय किलोमीटर ११ हजार भोल्टेज, ४ सय किलोमीटर ४ सय भोल्टेज विद्युत र २ सय किलोमीटर क्षेत्रमा अप्टिकला फाईर भूमिगत गरिने जनाएको छ ।

दोस्रो चरणमा काठमाडौंका बाँकि क्षेत्र, ललितपुर र भक्तपुरका मुख्य सडकका तारहरुलाई भूमिगत गरिने छ । त्यस्तै पोखरा, भरतपुर लगायत देशका विभिन्न शहरहरुमा पनि विस्तारका लागि सर्वेक्षण कार्य जारि रहेको विद्युत प्राधिकरणले जनाएको छ ।

भूमिगत प्रणालीले सुरक्षित, भरपर्दाे र सौन्दर्यता कायम गर्न मद्धत पुग्ने अपेक्षा लिएको छ, भने आगामी दिनमा ओभरहेड वितरण प्रणाली असुरक्षित, बढ्दो विद्युत मागलाई धान्न नसक्ने र अन्य प्रसारण लाईनहरु पनि विस्तारित भईरहेकाले यसको विकल्प नरहेको प्राधिकरणले दावी गरेको छ । करिव साढे २ मीटर भन्दा मुनीबाट यो लाईन विछ्याईने छ । भूमिगत वितरण गर्दा थुप्रै चुनौतीको सामना गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङले बताए । विद्युत संगै ईन्टरनेट, दूरसंचार, केबल टेलिभिजन सेवा प्रदायकहरुले अप्टिकल फाईबर प्रयोग गर्न सकिने उनले उल्लेख गरे । साथै नेपाल सरकारको डिजिटल नेपालको अवधारणलाई टेवा पुग्ने बताइएको छ ।

एक बर्षभित्र स्मार्ट मीटर जडान कार्य गरिने छ । यस कार्यमा थुप्रै चुनौती भएकाले प्राधिकरणले आवश्यक सबै निकायसंग सहकार्य गरेर अगाडी बढ्ने छ ।


प्रतिक्रिया दिनुहोस्