बालुवाटारमा प्रधानमन्त्रीले जन्मदिन मनाए (तस्वीरहरू) « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

बालुवाटारमा प्रधानमन्त्रीले जन्मदिन मनाए (तस्वीरहरू)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६९ औं जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्य, परिवारका सदस्य तथा शुभेच्छुकहरूहरूले प्रधानमन्त्रीसँग जन्मदिनको खुसी साटेका छन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मोत्सव जन्मथलो तेह्रथुममा मनाउने भएका छन । फागुन ११ गते परेको प्रधानमन्त्री ओलीको ६९ औं जन्मदिन उनले आफ्नै जन्मघर रहेको आठराई ईवामा मनाउने भएका छन ।

प्रधानमन्त्रीले जन्मदिनमा आफ्नो जन्म थलोका विभिन्न आयोजनाको शिलान्यास पनि गर्ने भएका छन ।

खड्गप्रसाद शर्मा ओलीको जन्म विसं २००८ साल फागुन ११ गते अर्थात सन् १९५२ साल फेब्रुरी २३ तारिखमा भएको थियो । उनको जन्म पूवी नेपालको तेह्रथुम जिल्लाको इवा २ मा शनिबारका दिन जन्म भएको थियो ।


प्रतिक्रिया दिनुहोस्