कोरोना भाइरसबारे पुरुषोत्तम लम्सालको मार्मिक टिप्पणी « Arthapath.com
९ चैत्र २०७६, आईतवार

कोरोना भाइरसबारे पुरुषोत्तम लम्सालको मार्मिक टिप्पणी



तपाईको सुरक्षाको पहिलो शर्त तपाई आफैं पहिला होशियार हुनु हो ।

संक्रमण दर यति तीब्र छ कि हरेक पटक न्यूज साइट रिफ्रेस गर्दा कम्तीमा हजार जना नयाँ संक्रमित बढ्दैछन् विश्व समाजको यो अशान्ती र कोकोहोलो तत्काल शान्त हुने लक्षण छैन ।
मान्छेले आफ्नै श्वाशमाथि विश्वाश गर्न छाड्ने स्थिति छ । लामो श्वाश फेर्दा पनि कहीं भाइरसको अवरोध पो छ कि भन्ने छ। ख्वाक्क खोक्दा पनि कसैले च्याप्प समातेर कतै हुल्दिने पो हुन कि भन्ने छ ।

मान्छेले मान्छेलाई छोइन्छ कि भनेर निमेष आँखा बन्द छैन । मान्छे टाइम बम भएर हिंडिरहेका छन भन्ने भान हुन्छ । हात धोयो, हात पुछ्ने तौलियामा शंका लाग्छ । ताल्चा खोल्यो साँचोमा शंका लाग्छ । बाहिर अग्लो छाती र उँचो शीर बनाएर हिंडिरहे पनि भित्रभित्र सबैमा यही मनोविज्ञान छ ।

तोपका, मिसाइलका, लडाकू जहाज र विमानका, अणू परमाणू हतियारका सबै अस्त्र कोमामा छन र सबै राज्यसत्ता लाचार र निरीह छन जात, धर्म, बर्ण, बर्ग सबैको अनुहार उस्तै निन्याउरो छ ।
अमेरिका र इरान दुबै एउटै शत्रुको पञ्जामा छन् चीन र जापान, जर्मनी र फ्रान्स एउटै शत्रुको लपेटमा आएका छन् नागरिकलाई हजारको चेकले हान्दैमा उपलब्धी गणना हुने होइन, विमा प्रदायकहरुले टेलिफोनबाटै तपाई परीक्षणका लागि नआए राम्रो भनेर स्वास्थ्यमाथिको उग्र ब्यापारको पूँजीवादी चरित्रको नग्न चरित्र म आफैंलाई देखाएको ७२ घन्टा भएको छैन ।
म समय त्रासदीको अपूर्व भोक्ता हूँ । मैले जितें र म जित्छु भन्नेका यावत घमण्ड चूर्ण भएको हेर्न पाउने समय त्रासदीको म पात्र हूँ, द्रष्टा हूँ ।

रोगले वाद भन्दैन, आदर्श पनि भन्दैन । इटलीको सडकमा उठाउने मान्छे नभएर सडकमै सडिरहेको शवको दारुण दृष्यमा धर्मका पाखण्ड अनुहारको मुखुण्डो च्यातिएको छ । हो त्यो त्यही रोम हो जस्लाई नाथे भाइरसले कज्याएर त्राहिमाम बनाइरहेको छ । राजनीतिमाथि शाशन गर्नेले रोगमाथि पनि शाशन गर्न सक्दैन । भाइरसका अगाडि सर्वशक्तिमान भनिएको अमेरिका लाचार र निरीह छ । हो यही हो समय त्रासदी ।।। सरुभक्त दाइले ऊबेला परिकल्पना गरेको भन्दा अलिक परको समय त्रासदी ।


हो, यही हो समय त्रासदी ।
सतर्क बनौं, सतर्क गराऔं ।
तपाईको सुरक्षाको पहिलो शर्त तपाई आफैं पहिला होशियार हुनु हो ।
लम्सालको फेसबुकबाट


प्रतिक्रिया दिनुहोस्