सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार « Arthapath.com
१९ श्रावण २०७७, सोमबार

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार



काठमाडौं । गएराती आएको बर्साको कारण पहिरो जाँदा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा ८ जना बेपत्ता भएका छन ।


प्रदेश सरकारले निर्माण गर्न लागेको कभर्डहल निर्माण गर्दै गरेका कामदार बसेको घर पहिरोले पुरिदा ८ जना बेपत्ता भएका ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख फल बहादुर तामाङले जानकारी दिए । उनका अनुसार १ जनाको उद्घार कार्य भइरहेको छ ।


मेलम्ची बजार पिपल बोटभन्दा अलि पर ढिस्को खसेर तल सुतिरहेका ९ जना पुरिएका हुन । एक जनाको जिवितै उद्दार हुनसक्ने र अरुको संभावना न्युन रहेको बताइएको छ । स्थानीय जनता, नेपाली सेना र नेपाल प्रहरी र सशस्त्रद्वारा उद्दार कार्य जारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्