हरेक प्रहरः गाँजाको असरै असर « Arthapath.com
७ फाल्गुन २०७९, आईतवार

हरेक प्रहरः गाँजाको असरै असर



कानुनले गाँजा सेवनलाई अवैध मानेको छ तरपनि शिवरात्रीको दिन गाँजा सेवन गर्नेमा साधु सन्तदेखि सर्वसाधारण पर्छन् । नशालु पदार्थ भाङ, गाँजा धेरै सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । धेरै सेवन गरे स्मरण क्षमता कम हुने मात्र हैन मस्तिष्कमा समेत गम्भीर असर गर्ने चिकित्सकहरु बताउँछन् ।

गाँजा, भाङमा ६० भन्दा धेरै प्रकारका क्यानाबिनोइड हुने गर्दछन् । गाँजा सेवन गर्दा यस्ता रसायनहरू हाम्रो मस्तिष्कमा पुग्ने हुँदा यसले हाम्रो शरीरलाई नै असर पुरयाउने गर्छ । गाँजा, भाङजस्तो पदार्थ सेवनपछि मानिसले एक किसिमको अनौठो व्यवहार देखाउँछन् । त्यसैले गाँजा सेवनपछि कोही हाँसेको हाँस्यै गर्छन् भने कोही रोएको रोयै । चिकित्सकीय भाषामा यसलाई युफोरिया भन्ने गरिन्छ । नियमित गाँजा सेवनको शरीर लठ्ठ हुने गर्छ भने कहिले काहीँ मात्र सेवनलाई विनाकारण नै रमाइलो लाग्ने हुँदा मानिसहरू हाँसिरहने रहने गर्छन्। कोही भने विनाकारण रुने गर्छन् ।

तर धेरै गाँजा सेवन गर्नेहरूलाई अत्यधिक बान्ता हुने, टाउको दुख्ने हुने हुँदा मानिसलाई नकारात्मक असरसमेत गर्ने गर्छ । यस्तै, क्यानाबिनोइड र टोफानिन् तत्वले यही बेलामा मानिस हाँसिरहने वा लठ्ठ हुने गर्दछ । तर गाँजाको प्रभाव सबै मानिसमा एकै समयमा हुन्छ भन्ने हुँदैन । मानिसको शारीरिक अवस्थाका कारण यसको प्रभाव फरकफरक समयमा हुने गर्दछ । यसबाहेक गाँजा सेवनले मुटुको चाल बिगार्ने, रक्तचाप बढाउने हुँदा हृदयाघातसम्म गराउन सक्छ । तर गाँजामा हुने क्यानाबिनोइड तत्वलाई चिकित्सकहरूले औषधि उपचारका रूपमा पनि प्रयोग गर्ने गर्दछन् । गाँजा र भाङको असर कसैकसैलाई दीर्घकालीनरुपमा पनि देखिने गर्छ । नियमित गाँजा सेवन गरे कान नसुन्ने, हातखुट्टा झम्झमाउने, धेरै टाउको दुख्नेलगायतका समस्या देखा पर्छ ।

विशेषगरी क्यान्सरका बिरामीहरूलाई गाँजामा हुने क्यानाबिनोइड तत्वबाट बनेको औषधि दिने गरिन्छ । यसले शरीलाई लट्ठ बनाउने भएकाले दुखाइ कम गर्न अन्तिम स्टेजमा पुगेका क्यान्सरका बिरामीहरूलाई यस्तो औषधि प्रयोग गरिने गरिन्छ । यस्तै क्यानाबिनोइड तत्त्वबाट बनेको औषधि प्रयोग गर्नाले खुसी अनुभव गराउने, आनन्द महसुस गराउने, तनाव घटाउने, निद्रा लगाउने, भोक लगाउने हुँदा यस्तो औषधि बिरामीलाई दिने गरिन्छ ।

गाउँघरतिर अझै पनि पशुमा अजीर्ण भएमा वा कोही मानिसलाई खानाका कारण पेटमा समस्या देखिएमा पनि गाँजा खुवाउने गरिन्छ । २०३३ सालसम्म नेपालमा गाँजा अवैध मानिँदैनथ्यो । अमेरिकाका कतिपय राज्यमा प्रतिबन्धित गाँजा हाल खुला गरिँदै छ । युरोपमा पनि यसलाई केही मात्रामा खुला गरिँदैछ ।

विशेषतः गाँजा सेवनबाट साइकोसिस, सिजोमोनिया ९शंका लाग्ने रोग०, बिर्सने रोग आदि लाग्ने गर्दछ । यस्तै, दम, ब्रोङ्काइटिस, फोक्सोको क्यान्सर, मुटुको रोग पनि लाग्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्