काठमाडौं । शशीला मोटर्स प्रालिले वीरगंजमा आफ्नो नयाँ विक्री केन्द्र सञ्चालनमा ल्याएको छ । प्रतिमा चोकस्थित नयाँ केन्द्रको उद्घाटन मधेश प्रदेशसभा सांसद तथा पूर्व राज्यमन्त्री रहबर अन्सारीले गरेका हुन्। उद्घाटन समारोहमा अन्सारीले विद्युतीय सवारीको प्रयोगलाई प्रवद्र्धन गर्नुपर्ने बताए । उनले विद्युतको आन्तरिक खपत बढाउने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिए ।