अटो « Arthapath.com
२३ असार २०८२, सोमबार

अटो

फेरि अर्को विद्युतीय कारमा आगलागी, सर्भिस सेण्टरको पार्किङमै धुवाँको मुस्लो

काठमाडौँ। विद्युतीय कारप्रति मानिसहरुको आकर्षण ह्वात्तै चुलिएका बेला पुनः अर्को दुर्घटना भएको छ । काठमाडौँको सीतापाइलामा रोकेर राखिएको गाडीमा अकस्मात आगो लागेको छ । सेरेस ब्राण्डको सर्भिस सेन्टरमा पार्किङ गरिएको गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कारमा ‘सट सर्किट’ भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।