काठमाडौं । व्यवसायी करण चौधरीको नेतृत्वमा नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको नयाँ कार्यसमिति बनेको छ । शुक्रवार काठमाडौँमा सम्पन्न नाडाको ४७ औँ वार्षिक साधारण सभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । नाडामा अध्यक्ष सहित १७ जना सदस्य चयन भएका छन् । साथै, सातै प्रदेशबाट थप १/१ जना संस्थागत