काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामै विदेशी विनियम सञ्चिति साढे २१ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म यस्तो सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो ।