काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता छ । तरलता व्यवस्थापनका लागि आज पनि नेपाल राष्ट्र बैंकले बजारबाट थप रकम खिच्ने भएको छ । केन्द्रिय बैंकले थप ३० अर्ब रुपैयाँ तान्ने भएको हो । अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ