काठमाडाैँ । रात्रिकालिन उडान सेवाका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा लाईटहरु राजविराज विमानस्थलमा जडान गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा बुध्द एयरले शुक्रबार (१३ डिसेम्बर) रात्रिकालिन उडानको परीक्षण गरेको थियो । जनकपुरधाम विमानस्थलबाट ६ बजेर ३१ मिनेटमा उडेको जहाज राजविराज विमानस्थलमा साँझ ७ बजे अवतरण गरेको थियो ।