काठमाडौँ । सरकारी कर्मचारीको तलब १० प्रतिशत हाराहारी बढाउने तयारी भएसँगै अब श्रमिकको ज्यालादर पनि बढ्ने भएको छ । सरकारले यही जेठ ६ मा स्वीकृत गरेका ४०८ बूँदे ‘आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२’मा आगामी एक वर्षभित्र ज्यालादर पुनरावलोकन गर्ने भनिएको छ । यस्तो पुनरावलोकन मुद्रास्फीतिको आधारमा हुने पनि भनिएको छ