८ श्रावण २०८३, शुक्रबार

बजार

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ, डलरको भाउले फेरि बनायो नयाँ कीर्तिमानी उचाई

काठमाडौं । अमेरिकी डलरको भाउले फेरि नयाँ कीर्तिमानी रेकर्ड बनाएको छ । मंगलबार डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १३३ रुपैयाँ ७४ पैसा कायम भएको छ । आजका लागि खरिददर भने १३३ रुपैयाँ १४ पैसा कायम भएको छ ।