बजार « Arthapath.com
९ चैत्र २०७७, सोमबार

बजार

भारतमा चौबीस घण्टामा ४७ हजार संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४७ हजार जना संक्रमित भएका छन् । गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष शुरु भएयताको नै सबभन्दा बढी हो ।