काठमाडौं । सरकारले लकडाउन जारी गरेको समयमा अनावश्यक रुपमा हिड्नेहरुबाट जरिवाना तिराउने गरेको छ । चन्द्रागिरि नगरपालिकाले अनावश्यक रुपमा घरबाहिर निस्कनेलाई स्थलगत रुपमा रु १०० जरिवाना गर्न थालिएको नगरप्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । आधा किलो सामान किनेजस्तो गरी बाहिर निस्किएर भीडभाड गराउने क्रम बढ्न थालेपछि यस्तो नियम लागू