काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से भारी अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ४७.९३ अंकले घटेकाे हाे । १.५९ प्रतिशतले घटेकाे नेप्से आज २९ सय ५४ दशमलव १४ बिन्दुमा झरेकाे छ । हिजाे नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३ हजारकाे बिन्दु पार गरेकाे थियाे ।