काठमाडौं। एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो । नेपालले टस हारेसँगै पाकिस्तानका कप्तान बाबर आजमले पहिले ब्याटिङ गर्ने बताए ।