हिमालयन बैंकमा संस्थापक सेयरधनीको तर्फबाट ५ जना निर्वाचित « Arthapath.com
२९ माघ २०७६, बुधबार

हिमालयन बैंकमा संस्थापक सेयरधनीको तर्फबाट ५ जना निर्वाचित



काठमाडौं । हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने भएको छ । माघ २९ गते सम्पन्न बैंकको २७ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर सहित १२ प्रतिशत नगद लाभांश पाउने छन् । त्यस्तै, ८ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको १० प्रतिशत बोेनस सेयर पछि ९ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ ।

संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्ड बहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा नियुक्त गरेको छ ।

साथै, सभाले आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि लेखापरिक्षकमा वर्तमान लेखापरिक्षक बि आर एस न्यौपाने एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ । निजको लागि २० लाख रुपैयाँ पारिश्रमिक तोकिएको सभाले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्