एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजन खरिदमा छुट दिने « Arthapath.com
१२ फाल्गुन २०७६, सोमबार

एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजन खरिदमा छुट दिने



काठमाडौं । एनआईसी एशिया बैंक र नेपा हिमा ट्रेड लिंक प्रा.लि.बीच बैंकका ग्राहकलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टेलिभिजन (Model No: 65X8000G, 65X9500G, 55A8G, 55A8F and 55A1) को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै POS / QR Code  प्रयोग गरि सोनी ब्राभियाका मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २,०००÷ सम्म छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।

बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्ने छन ।

उक्त छुट देशभर रहेको विभिन्न ख्यातिप्राप्त अस्पतालहरू, होटल, रिसोर्ट, रेस्टुराँ तथा विभिन्न सेवा तथा सामान विक्री गर्ने स्थानहरूबाट ग्राहकले सजिलै प्राप्त गर्न सक्ने छन । विद्युतीय भुक्तानीलाई थप सरल बनाउनुको साथै यसको पहुँच विस्तार गर्न बैंकले हालसम्म देशको विभिन्न ३,७०० भन्दा बढि स्थानहरुबाट POS तथा १२,००० भन्दा बढि स्थानहरुबाट QR Code Scan सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्