शिखर इन्स्योरेन्सको ८७ हजार कित्ता हकप्रद सेयर साउन २१ गतेदेखी लिलामीमा आउने « Arthapath.com
१४ श्रावण २०७७, बुधबार

शिखर इन्स्योरेन्सको ८७ हजार कित्ता हकप्रद सेयर साउन २१ गतेदेखी लिलामीमा आउने



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ८७ हजार ४ सय १२ कित्ता हकप्रद सेयर लिलामीमा विक्री गर्न लागेको छ । कम्पनीले यही साउन २१ गतेदेखी २८ गतेसम्म विक्री नभएको हकप्रद सेयर लिलामीका बिक्री गर्न लागेको हो ।

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म १० बराबर ३ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गरेको थियो ।

एक सय रुपैयाँ अंकित दरको ३१ लाख ७१ हजार कित्ता हकप्रद सेयर बिक्रीको लागी निश्काशन गरेको थियो । जसमध्ये नविकेको ८७ हजार ४१२ कित्ता सेयर बोल कबोलमार्फत बिक्री गर्न लागेको हो । लिलामीको सेयर न्यूनतम एक सय रुपैयाँमा प्रतिस्प्रर्धामार्फत बोलकबोलमा आवेदन दिन सकिनेछ । सेयर खरिदको लागी आवेदकले कम्तिमा ५० कित्तादेखि बढीमा ८७ हजार ४ सय १२ कित्तासम्म खरिदकोलागी आवेदन दिन सक्नेछन ।

लिलामी सेयर खरिद गर्न एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु तथा ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङ मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्