अजोड इन्स्योरेन्सले कमायो ६ करोड २० लाख, ८ करोड ७२ लाख दाबी भुक्तनी « Arthapath.com
२७ श्रावण २०७७, मंगलवार

अजोड इन्स्योरेन्सले कमायो ६ करोड २० लाख, ८ करोड ७२ लाख दाबी भुक्तनी



काठमाडौं । सेयर बजारमा लगातार सर्किट लाग्दै आएको अजोड इन्स्योरेन्स पछिल्लो समय खुलेका इन्स्योरेन्सभन्दा आक्रामक बजार विस्तारमा छ । बजारमा आक्रामक व्यापार गरेको अजोडले गत आवमा ६ करोड २० लाख कमाएको छ ।

२ साता अघि दोस्रो बजारमा सेयर कारोवारमा आएको अजोड इन्स्योरेन्सले गत आवमा ६ करोड २० लाख खुद मुनाफा आर्जन गरेको छ । अजोडले गत आर्थिक वर्षका अपरिष्कृत वित्तीय विवरण मंगलबार सार्वजनिक गरेको छ ।

अजोडले गत आवमा ४ करोड ११ लाख नाफा गरेको थियो उसले गत आवको तुलनमा ५०.८५ प्रतिशत बढी नाफा गरेको हो । अजोडले गत आवमा बीमाशुल्क २७ करोड ७९ लाख आर्जन गरेको छ । अजोड इन्स्योरेन्सको पुनर्बीमा कमिशनमा पनि दोव्वर आन्दानी गरेको छ । पुर्नबिमा बापत ७ करोड ५३ लाख बाट बढाएर १४ करोड ३९ लाख पुर्याएको छ ।

अजोडले गत आवको अन्त्य असार मसान्तसम्ममा ८ करोड ७२ लाख दाबी भुक्तनी गरेको छ । इन्स्योरेन्सको जगेडा कोषमा ४ करोड ५४ लाख, बीमा कोषमा ६ करोड १६ लाख र महाविपत्ती जगेडा कोषमा ७० लाख रहेको छ ।


प्रतिक्रिया दिनुहोस्